काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ९ हजार ६ सय २६ पीसीआर तथा ३ हजार ९ सय ९६ एन्टिजेन परीक्षण भएको छ ।

आज देशभरबाट १ हजार ८ सय ३० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर २१ हजार ५ सय २४ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा थप ४ सय २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।