नयाँदिल्ली – भारतले आगामी अक्टोबरदेखि खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले छिमेकी देशमा खोप निर्यात हुने घोषणा गर्नुभएको हो ।

भारतको सो घोषणाले नेपाललाई राहत मिलेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ । उक्त मात्राको खोपका लागि यसअघि नै नेपालले उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी गरिसकेको छ ।