काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । हिजो एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।