वासिङ्टन– विश्व महामारीको रुपमा पैmलिएको कोरोना भाइरस महामारीका कारण गत वर्षदेखि प्रतिवन्ध लगाउँदै आएको यात्रालाई अमेरिकाले खुकुलो पार्ने भएको छ । कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आगामी नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिने भएको हो ।
अमेरिकाले यात्रा प्रतिबन्धलाई खुकुलो पार्दै बेलायत, युरोपियन युनियन तथा अन्य देशहरुका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । यो कदमले युरोपियन साझेदारहरूको एउटा प्रमुख मागको रुपमा रहेको यस विषयको अमेरिकाले जवाफ दिएको हो । प्रतिबन्धका कारण छुट्टिएका परिवारहरू र साथीहरू पुनःमिलन हुन सक्ने वातावरण निर्माण हुन लागेको छ ।

ह्वाइट हाउसका कोभिड–१९ संयोजक जेफ जिएन्टस्ले सोमबार नयाँ नियमको घोषणा गर्दै यो नियम देशमा भन्दा पनि व्यक्तिमा आधारित भएको बताएका छन् । यो बलियो प्रणाली भएको भन्दै जिएन्टसले ‘एकदमै महत्वपूर्ण कुरा विदेशी नागरिकले अमेरिका उड्न पूर्ण मात्रा खोप लगाउनु आवश्यक छ’– भनेका छन् । अमेरिकाले सुरुमा २०२० को सुरुतिर चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिन थालेपछि अमेरिकाले सबै देशहरूमा यात्राको प्रतिबन्ध लगाइको थियो ।

आगामी नोभेम्बरबाट खुला हुने अमेरिकी यात्राको लागि नयाँ नियमअनुसार विदेशी यात्रुले खोप लगाएको प्रमाण देखाउनुपर्नेछ । खोपको पूर्ण मात्रा लिएका यात्रु क्वारेन्टाइनमा बस्नुपर्ने छैन । कुन खोप लगाएको हुनुपर्ने भन्ने बारेमा भने खुलाइएकोे छैन ।