तस्वीर आईपीएल ।
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले जित निकाल्दै अङ्क तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । राइडर्सले रोएल च्यालेन्जर्स बेङ्गलोर लाई ९ विकेटले पराजित गर्दै पाँचौं स्थानमा उक्लिन सफल भएको हो ।

आन्द्रे रसेल र वरुण चक्रवर्तीको उत्कृष्ट बलिङ तथा सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयर ब्याटिङमा चम्किएका थिए । आन्द्रे रसेल र वरुण चक्रवर्तीको उत्कृष्ट बलिङ तथा सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सहज जित हात पारेको हो । चक्रवर्तीले चार ओभरमा १३ रन खर्चेर ३ विकेट लिए भने रसेलले तीन ओभरमा ९ रन खर्चेर तीन विकेट लिए । लकी फर्गुसनले दुई तथा कृष्णाले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोर १९ ओभरमा ९२ रनमै समेटिंदा अलआउट भयो ।

कोलकताले ९३ रनको लक्ष्यलाई १ विकेट गुमाएर १० ओभरमा पूरा ग¥यो । कोलकताका लागि गिलले ३४ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४८ रन बनाए । अर्धशतकको नजिक रहेका बेला गिल १०औं ओभरको पहिलो बलमा आउट भएका थिए । उनलाई युजभेन्द्र चहालले मोहम्मद सिराजबाट क्याचआउट गराए । पहिलो विकेटका लागि गिल र अयरले ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि अयरले १०औं ओभरमा तीन चौका प्रहार गर्दै कोलकताको जित पक्का गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका आन्द्रे रसेलले सिंगल बल पनि फेस गरेनन् । डेब्यु खेलमै उत्कृष्ट ब्याटिङ गरेका अयरले अविजित ४१ रन जोडे । उनले २७ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यसअघि दोस्रो ओभरमै बेङ्गलोरले कप्तान विराट कोहलीलाई गुमाउँन पुग्दा सुरुमै दबाबको सामना गर्नु परेको थियो । पाँच रन बनाएका कोहलीलाई कोलकताका प्रसिद कृष्णाले बोल्ड गरे । बेङ्गलोरले ४१ रन हुँदा दोस्रो विकेट गुमायो । ओपनर देभदत्त पडिक्कल २२ रन बनाएर आउट भए । बेङ्गलोरको इनिङ्स पडिक्कलकै २२ रन सर्वाधिक व्यक्तिगत स्कोर बन्यो । तर बेङ्गलोरले त्यसपछि निरन्तर विकेट गुमाउँदै जाँदा राम्रो साझेदारी हुन सकेन र पराजयको सामना गर्नु पर्यो । शिखर भारतले १६, हर्सल पटेलले १२ र ग्लेन म्याक्सवेलले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्गमा रन जोड्न सकेनन् ।

आठ खेल खेलेर तीन जित निकाल्दा ६ अङ्क जोडेको कोलकता राजस्थान रोएल्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको हो । समान खेलबाट १० अङ्क रहेको बेङ्गलोर अहिलेसम्म तेस्रो स्थानमा कायमै छ ।