काठमाडौं– नेपालमा मनसुन पुनः सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भैरहेको छ । भारतको पूर्वी राजस्थान र पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा मनसुन केही सक्रिय हुँदा मौसममा बदली भै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि मध्यम खालको वर्षा हुने भएको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज मङ्गलबार देशभरको मौसम सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोली बुधवार पनि देशभरको मौसममा सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार तीन दिनसम्म मौसममा परिवर्तन भै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुन सक्ने सम्भावना रहेको छ ।