काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ रोजेको नेपाललाई चौंथोे सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि चौंथो सफलता दिलाएका हुन् । उनले ओमानका मोहम्मद नदीमलाई एलबीडब्लु गराउँदै पेभिलियन फर्काए । नदीम १८ बलमा ४ रन जोड्दै आउट भए ।

यसअघि नेपालका करण केसीले लगातार तेस्रो विकेट लिएका थिए । उनले आयान खान, सुफ्यान मेहमुदको र जतिन्दर सिंहको विकेट लिएका थिए । अहिलेको स्थितीमा ओमानले १३ ओभरमा ४ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।