हेटौंडा— मकवानपुर जिल्लाबाट २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँ सहित सात जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उप–महानगरपालिका–१ का ३७ वर्षीय राकेश के।सी।सोही उप–महानगरपालिका – १० बस्ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जङ्ग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशी नगरपालिका–९ घर भइ हाल हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलगायत हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के।सीको घरबाट विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले नै रङ्गेहात पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ बुक तास, २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँसहित बरामद गरेको छ ।
कारी दिएको छ ।