काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँ कायम रहेको छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर को छ । तोलामा १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।