काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट हराएको उजुरी दिएका थिए । सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो ।

मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धान एवम् कारबाहीका लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।