काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार १ सय रुपैयाँ कायम भएको हो ।

आज नेपाली बजारमा तेजावी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ छ । यस्तैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । हिजो १ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।