काठमाडौं – लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१६ पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको शाखा सञ्चालनमा ल्याइएको हो ।

यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको जनाइएको छ ।