( एमाले महासचिव ईश्वर पोखरेल )

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै १० बुँदे सहमति रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने बताउनु भएको छ । आज बिहीबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं जिल्ला कमिटीको भेलामा कार्यकर्ताहरुमाझ यो धारणा व्यक्त गर्नु भएको हो ।


महासचिव पोखरेलले ‘१० बुँदे सहमति सुझावको रुपमा आएको हो, त्यसलाई पार्टीले यही स्प्रिटका साथ स्वीकार गरेको छ । त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढङ्गबाट लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन्’ भन्नुभएको छ ।
महासचिव पोखरेलले आजको एमाले जेठ २ गतेको एमालेमात्रै नभै विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ । यसलाई यान्त्रिक ढङ्गले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न नसकिने भन्दै नेता पोखरेलले २०७५ जेठ २ को बुझाइप्रति पार्टी पङ्तिमा एकरुपता हुनुपर्नेमा जोड दिनु भएको छ ।