काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा छापावाल सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । हिजो छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै घटेको छ । हिजो ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९० हजार रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।