नेपाली समय अनुसार बुधबार मध्यराती भएको युरोपियन च्याम्यियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गतको खेलमा लियोनल मेस्सीसहितको पिएसजीले क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएर अङ्क बाड्न पुग्यो ।

खेल सुरु भएको १५ औँ मिनेटमा पिएसजीका लागि हरेराले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएता पनि त्यो अग्रगता केही समय पछि तोडियो । क्लब बर्गका लागि २७ औँ मिनेटमा हान्स वानाकेनले बराबरी गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । पिएसजीले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

बार्सिलोनाबाट पिएसजी आएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीको मुख्य जिम्मेवारी क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनु हो । पिएसजीले मेस्सीलाई भित्र्याउनुको मुख्य लक्ष्य नै च्याम्पियन्स लिगको उपाधीको लागि हो ।