साङ्केतिक तस्वीर

काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेको टोलीका एक सदस्यले जानकारी दिनुभएको छ ।