उप–महासचिव विष्णुप्रसाद पौडेल, फाइल तस्वीर ।
रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले एमालेबाट चोइटिएर बनोको नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गर्नुभएको छ । रुपन्देहीको बुटबलमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले उक्त धारणा व्यक्त गर्नु भएको हो । उक्त कार्यक्रममा बोल्दै उप–महासचिव पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताउनु भएको छ ।

उप–सचिव पौडेलले उक्त एस पार्टीलाई स्वार्थीहरुको झुण्ड भएको आरोप लगाउनु भएको छ । एमाले नेता पौडेलले ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्ता झुण्डको बारे चिन्ता गर्नु बेकार हो भन्दै आगामी कुनै पनि निर्वाचनमा यस्ता झुण्डको पार्टीले कहिं कतै एक सिट पनि जित्न नसक्ने’ दावी गर्नु भएको छ ।


सैद्धान्तिक, वैचारिक कारणले नभै अन्य कारणले एमाले विभाजन भएको नेता पौडेलको तर्क थियो । ‘२०७४ सालमा पनि एमाले विभाजन भएको भन्दै त्यो विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलको भनाइ थियो । नेता पौडेलले शेरबहादुर देउवा नेतृत्वका सरकारले दुई महिना वित्न लाग्दा समेत सरकार विस्तार गर्न नसकेको र सरकार दुई महिनामै असफल भैसकेको जिकिर समेत गर्नु भयो ।


‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ भएको भन्दै नेता पौडेलले आगामी निर्वाचनमा एमाले पुनः पहिलो पार्टी बन्ने र एमालेकै सरकार बन्ने दावी पनि गर्न चुक्नु भएन ।