काठमाडौं – लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को विरौटामा शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो १३६ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ् सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जानकारी दिएको छ ।

यस नयाँ शाखा सञ्चालन गरेसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्सएजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेका छन् ।