एजेन्सी – दीपिका पादुकोण र रणवीर सिंह बलिउडका चर्चित जोडी हुन् । फ्यानहरूले उनीहरूको जोडीलाई निकै मन पराएका छन् । पछिल्लो खबर अनुसार दीपिका र रणवीरले अलीबागमा नयाँ घर खरिद गरेका छन् । उनीहरूले खरिद गरेको नयाँ घरमा नरिवलको बगैँचा पनि रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरूले नयाँ भवन २२ करोड रुपैयाँमा खरिद गरेका हुन् । रणवीर र दीपिकाले केही दिन अगाडी रजिष्ट्रर कार्यालय पुगेका थिए । घर आरएस बल्र्डवाइड एन्टरटेनमेन्ट प्राइभेट लिमिटेड र केए एन्टरप्राइजेज एलएपीसँग रणवीर दीपिकाले खरिद गरेका हुन् ।

केही समय अगाडी दिपिकाले आफ्नै होमटाउन बेगंलुरुमा पनि महँगो घर खरिद गरेकी थिइन् । सो भवन अझै निर्माण हुने क्रममा छ । हाल यो जोडी मुम्र्बइको फ्याटमा बस्दै आएका छन् । दीपिका र रणवीर चाँडै नै फिल्म ८३ मा देखिदैछन् । यस बाहेक, दीपिका शाहरुख खानसँग पठानमा, रितिक रोशनसँग फाइटरमा र अमिताभ बच्चनसंग द इंटर्न मा देखिदैछिन् । रणवीर सिंह पनि सर्कस, जयेशभाई जोरदार र राकी र रानीको प्रेम कहानी मा देखिने भएका छन् ।