काठमाडौं – नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारमा लाग्दै आएको शुल्कमा समानता ल्याएको छ । अब बैङ्कहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो नियममा केही परिवर्तन गरेको छ । राष्ट्र बैंककले एक निर्देशन जारी गर्दै मोबाइलबाट हुने कारोबारमा लाग्ने शुल्क घटाएको हो ।

राष्ट्र बैङ्कबाट क, ख र ग वर्गको इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले मोबाइलबाट हुने भुक्तानी शुल्क १० रुपैयाँदेखि ३० रुपैयाँसम्म तोकेको छ । बैङ्कले अब अधिकतम ३० रुपैयाँभन्दा बढी मोबाइल कारोबारको शुल्क लिन पाउँदैनन् । ५० हजार रुपैयाँसम्मको कारोबार २० रुपैयाँ, ५० हजार भन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख भन्दा माथिको कारोबारमा ३० रुपैयाँ शुल्क तोकेको छ ।

मोबाइल बैङ्किङमा यसअघि बैङ्क आफूखुसी शुल्क लिने गरेका थिए । राष्ट्र बैंककले अन्तर बैङ्क एटिएम कारोबारमा पनि प्रति महिना २ पटकसम्म नलाग्ने भएको छ । यसअघि कोरोनाको समयमा अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने बनाएको थियो ।