प्रतिकात्मक तस्वीर

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट ५ सय दरका २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

बहुदरमाई नगरपालिका–४ घर भएका शर्माले सो पैसा भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनी सवार ना.१५ प २३७२ नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।