एजेन्सी – उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार संस्था योनहापका अनुसार दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफले यसको पुष्टि गरेका छन् । जापानका नौ सैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ छ ।

ब्यालेस्टिक मिसाइलका सम्बन्धमा उत्तर कोरिया र जापानले थप जानकारी दिएका छैनन् । ब्यालेस्टिक मिसाइल प्रहार गर्नु संयुक्त राष्ट्र संघको आचार संहिताविपरीत हो । उत्तर कोरियाको परमाणु गतिविधिमा रोक लगाउन यो आचार संहिता लागू गरिएको थियो ।

केही दिन पहिले मात्रै उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने क्रुज मिसाइलको परीक्षण गरेको थियो । क्रुज मिसाइलभन्दा ब्यालेस्टिक मिसाइल शक्तिशाली र घातक हुने गर्छ ।