काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रही १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।