बुटवल – पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने हुनुभएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो । भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने चापागाईंले बताउनुभयो ।