प्रतिकात्मक तस्वीर

काठमाडौं – देशकै मुटु मानिने काठमाडौं सहरमा नै ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन् ।

गत भदौ २० गते ललितपुरको लुभुकी ३० वर्षीया महिलालाई उनका श्रीमानले स्वयम्भूमा झारफुकको काम गर्दै आएका दीपेन्द्रकुमार थिङको घर लगेका थिए । झारफुक गर्ने क्रममा थिङले ती महिलामा बोक्सी उत्रिएको भन्दै निर्घात कुटपिट गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । पाण्डेले चलाउने गरेको ट्याक्सीमा राखेर ती महिलालाई धामीकोमा पु¥याइएको थियो । कुटपिट हुँदा आरोपित चारैजना घटनास्थलमा रहेको बताइएको छ ।