काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुन, चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यथास्थितिमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । यस्तैगरी चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।