फाइल तस्वीर: एमाले अध्यक्ष केपी शर्मा ओली ।

विर्तामोड – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज जाँदै हुनुहुन्छ । अध्यक्ष ओली पार्टी विभाजन पछि आज पहिलो पटक गृह जिल्लास्थित आफ्नो निर्वाचन क्षेत्र जान लाग्नु भएको हो ।

पार्टी जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली गृह जिल्ला जान लाग्नु भएको निजी सचिवालयले जनाएको छ ।जिल्ला कमिटी झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार अध्यक्ष ओलीले विर्तामोडमा दिउँसो १ बजे पार्टीका कार्यकर्ताहरुलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आजै राजधानी फर्किने कार्यक्रम रहेको छ ।