कञ्चनपुर – बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ ।

नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।