काठमाडौं – हाल नेपालको मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं एक, प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

आज देशभर सामान्य बदली रही धेरैजसो स्थानहरूमा मेघ गर्जन÷ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर सामान्य बदली रही प्रदेश नं एक , प्रदेश नं दुई र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्युन चापीय रेखा औषतभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।