काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको छ भने प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईलाई जिम्मेवारी दिएको छ ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ । यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै तीन दलको सरकार निर्माण भएपछि सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।