काठमाडौं –आजबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सुसान्त मोदानीको विकेट लिँदै दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले सुसान्तलाई एलवीडब्लु गराउँदै पेभिलियन फर्काए ।

यसअघि विक्रम शोवले नेपाललाई पहिलो सफलता दिलाएका थिए । यो समाचार तयार हुँदासम्म अमेरिकाले १३ ओभरमा २ विकेटको क्षतिमा ६१ रन जोडेको छ ।