गुल्मी – चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका–३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् ।

उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रा.लि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।