काठमाडौं – भोलिदेखि दुई कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिने भएको छ । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर भोलिदेखि बिक्री खुला गरिने भएको हो ।

ज्योति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता शेयर र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको शेयर बिक्री खुला गर्नेछ । ज्योति विकास बैंकको न्यूनतम मूल्य १ सय ४५ रूपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले दुवै कम्पनीको शेयरमा न्युनतम १ हजार कित्तादेखि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

उक्त संस्थापक शेयरमा भोलि भदौ २९ गतेदेखि कार्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।