काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । हिजो ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।