काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै घटेर आज प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै गरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।