फाइल तस्वीर

चितवन – एमसीसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठलाई पत्र पठाउँदै तीन दिनभित्र एमसीसीबारेको धारणा पठाउन भनेको हो ।

विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त सङ्घर्ष समिति चितवनले जिल्लाका जननिर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिनुभएको छ । देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिई देश र जनताको पक्षमा आफ्नो अभिमत भाद्र २५ गतेसम्म सार्वजनिक गर्न आज भाद्र २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले जानकारी दिनुभयो ।

उहाँहरु चारै जनालाई मेलमार्फत पत्र पठाएको पौडेलले बताउनुभएको छ ।आगामी भाद्र २५ गतेसम्म पनि उहाँहरुले आफ्नो धारणा सार्वजनिक नगरे सांसदहरूकाविरुद्ध कडा आन्दोलन गर्ने पौडेलको भनाइ छ ।