हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, प्रदीपकुमार कटुवाललाई स्वास्थ्य, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त गरिएको छ ।

यस्तै नवनियुक्त राज्यमन्त्रीहरुमा जुनेलीमाया श्रेष्ठ स्वास्थ्य मन्त्रालय, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त हुनुभएको छ । नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।