रोयटर्स मेक्सिको – मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो । अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो ।
भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए । समाचार संस्था रोयटर्सका अनुसार मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ ।

मानिसहरू छाता ओढेर सडकमा उभिएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ । एजेन्सी