काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग गरी नेकपा समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा नेकपा एमालेका ५६ सांसदमध्ये जम्मा १३ जनाले मात्रै सनाखत गराएका छन् ।


एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीलाई रोज्ने बागमती प्रदेशसभाका सांसदहरुमा राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, माधव पौडेल, मुनु सिग्देल, पार्वती सिलवाल, मिना ज्ञवाली, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमानश्रेष्ठ, वसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर र इन्द्रमाया गुरुङ रहेका छन् ।


निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका गर्न दिएको समयसीमा भित्र एकीकृत समाजवादीका पक्षमा १३ जना सांसद आधिकारिक रुपमा उभिएका छन् । बाग्मती प्रदेशमा ३ जना २८ जनास्थानीय जनप्रतिनिधिहरु माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा उभिएका छन् ।


निर्वाचन आयोगले हिजो भदौ २२ गतेसम्म दल एमाले र जनता समाजवादी पार्टीबाट विभाजित दलहरुका जनप्रतिनिधिरुलाई दल रोज्ने समयसीमा तोकेको थियो । सरकारले दल विभाजन सम्बन्ध अध्यादेश ल्याएसँगै एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए ।