काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो ।

पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट हुनुहुन्थ्यो । कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।