काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबारदेखि नै सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । हिजो सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९० हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।