ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ ।

सातदोबाटो प्रहरीले भदौ १२ मा महालक्ष्मी स्थानबाट २ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा चोरीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरीवृत्तले जनाएको छ ।

आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५ ल्यापटप, सामसुङ, कलर्स, ओप्पो, आइफोन र एमआई कम्पनीका मोबाइल बरामद गरेको छ । चोरीमा संलग्न आरोपीहरुबाट बरामद गरिएको डेल कम्पनीको कालो रङ्गको ल्यापटप, एप्पलको म्याकबुक प्रो र ‘इ’ लेखिएको ल्यापटप बरामद गरेको छ ।