काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापाले मोडल तथा एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रिया कटुवालसँग इङ्गेजमेन्ट गरेका छन् । आज सोमबार आफ्नो जन्मदिनको अवसर पारेर ¥याडिसन होटलमा निर्देशक थापाले एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रियासँग इङ्गेजमेन्ट गरेका हुन् । थापा र कटुवाल पछिल्लो समय प्रेम सम्बन्धमा रहँदै आएका थिए ।

इङ्गेजमेन्ट कार्यक्रममा थापा र कटुवालका नजिकका आफन्त तथा साथीहरूलाई मात्रै बोलाइएको थियो । निर्देशक थापाको नाम नायिका पूजा शर्मासँग पनि जोडिने गरेको थियो । थापाले मेरो एउटा साथी छ, मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी लगायतका फिल्मको निर्देशन गरेका छन् । सुदर्शन र सुप्रियाको बिवाहबन्धन आगामी असोज २२ मा हुने बताइएको छ ।