काठमाडौं – काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । विगत लामो समयदेखि कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा उपस्थित भएर सञ्चालन गर्न सकिने भएको छ । शैक्षिक संस्था सञ्चालनबारे प्रशासन र स्थानीय तहबीच सहमति भएको हो ।