सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमध्ये पार्वती कार्की घरमा फेला परेकी छन् ।

उनका छोरा तेजबहादुर कार्की सडकको भित्तामा, बुहारी कमला र नातिनी रञ्जना खोलामा, आठ वर्षको नाती विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्की बारीमा फेला परेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म कोही पक्राउ परेका छैनन् ।