काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार हुन पुगेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।