काठमाडौं – सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र ७ देखि १० दिनभित्र आइपुग्ने बताउनुभएको हो ।

आगामी दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना रहेको पनि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले बताउनुभएको छ । त्यस्तै, १८ वर्षमुनिका बालबालिकाहरुका लागि ४० लाख डोज मोर्डना खोपको पनि टुङ्गो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।