ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार भित्रका कैदीबन्दीहरू आन्दोलित भएका हुन् ।
एसपी महर्जनले बताए अनुसार, ‘कैदीबन्दी र कारागारको आन्तरिक प्रशासनको जिम्मा पाएका नाइकेहरूबीच केही मतभेद भएको देखिन्छ । दुबै पक्षबीच ठूलो झडप होइन । तर, कैदीबन्दीहरुले भित्रै नाराजुलुस गरेपछि केही समस्या देखिएको हो ।’

अहिले कारागार प्रशासन र कैदीबीच छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ । झडपको जोखिमलाई मध्यनजर गर्दै ललितपुर प्रहरीले ठूलो मात्रामा कारागार क्षेत्रमा प्रहरी परिचालन गरेको छ ।