काठमाडौं – साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अङ्कभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दै परिसूचक १०० भन्दा बढीले घटेर नेप्से परिसूचकमा १०७ अङ्कले गिरावट आएको हो ।

नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशत र विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।