काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम सङ्कलन सुरु गर्ने भएको छ । त्रिविका दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सक्ने भएका छन् । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक कार्यालयका नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभएको छ । अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी रहेको बताइएको छ ।